सर्वोच्चको फैसला अनुचित र संवैधानिक हिसाबले अनुपयुक्त छ : ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सर्वोच्चको फैसला अनुचित र संवैधानिक हिसाबले अनुपयुक्त छ : ओली

काठमााडाैं । निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको फैसला अनुचित भएको बताएका छन् । हाम्रा विरुद्ध छ संवैधानिक हिसाबले हेर्ने हो भन अनुपयुक्त छ तर जे भएपनि अदालतको फैसलालाई मानेर कार्यान्वयन गरेर अगाडि बढ्छु ।

मंगलबार बालुवाटरबाट देशवासीको नाममा सम्बोधन गर्दै निवर्तमान प्रधानमन्त्री ओलीले सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई परमादेश जारी गरेको फैसला अनुचित भएको बताएका छन् । उनले सर्वोच्चको फैसला आफूविरुद्ध भएको र संवैधानिक हिसाबले अनुपयुक्त भएको बताएका हुन् । सर्वोच्चको फैसला जे भएपनि फैसलालाई मानेर कार्यान्वयन गरेर अगाडि बढ्ने बताएका छन् ।

उनले भनेका छन्–‘सर्वोच्चको फैसला अनुचित छ, हाम्राविरुद्ध छ । संवैधानिक हिसाबले हेर्ने हो भने अनुपयुक्त छ । जे भएपनि अदालतको फैसलालाई मानेर कार्यान्वयन गरेर अगाडि बढ्छु ।

यसका साथै ओलीले आफ्ना कार्यकर्ता तथा सम्पूण युवाहरुलाई संयम हुन र धैर्य राख्न समेत निर्देशन दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);