भूमि समस्या समाधानका लागि संसदीय समिति बनाऔं : सांसद चौधरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

भूमि समस्या समाधानका लागि संसदीय समिति बनाऔं : सांसद चौधरी

काठमाडौं, ३० चैत । नेकपा एमालेका सांसद मेटमणि चौधरीले नेपालमा भूमि समस्या समाधानको लागि संसदीय समिति बनाउन माग गरेका छन् । सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद चौधरीले किसानले जोतभोग गर्दै आएको जमिन नापी हुँदा जमिनदारको नाममा गरिएको, गुठीको नाममा बनाइएको लगायतका समस्याहरु रहेको बताए ।

चौधरीले भूमि सम्बन्धी यस्ता समस्याहरु समाधानको लागि समस्याग्रस्त जिल्लाका सांसदहरुको सहभागितामा संसदीय समिति बनाउन माग गरे । यस्तै पुर्खाको जमिन अरुले लगिदिदाँ किसानहरुको मनोविज्ञान विद्रोही बनेको पनि बताए । बाढीपहिरोका कारण विस्थापित भएर बसोबास गरिरहेको जमिनको विषय पनि सम्बोधन हुन नसकेको बताए ।

भूमि सम्बन्धी समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयबाट काम हुन नसकेकोले समस्याग्रस्त जिल्लाका सांसदहरुको सहभागितामा संसदीय समिति बनाउँदा राम्रो हुने बताए ।

सांसद चौधरीले दाङ, रोल्पा, प्युठान, रुकुम पूर्व, रुकुम पश्चिमका सरकारी विद्यालयहरुमा शैक्षिक सत्रको शुरुवात देखि नै पाठ्यपुस्तकको अभाव हुने गरेकाले दाङ जिल्लामा जनक शिक्षा सामाग्री केन्द्रको डिपो स्थापना गरी विद्यार्थीहरुलाई समयमै पुस्तक उपलब्ध गराउन माग गर्नुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);