बञ्चरे डाँडामा अव्यवस्थित रुपमा फोहोर फालियो, संसदीय समिति पठाउँः सांसद पाण्डे | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

बञ्चरे डाँडामा अव्यवस्थित रुपमा फोहोर फालियो, संसदीय समिति पठाउँः सांसद पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले बञ्चरे डाँडामा फालिएको फोहोर अवलोकनका लागि संसदीय टोली पठाउन माग गर्नुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले बञ्चरे डाँडामा व्यवस्थित रुपमा फोहोर फाल्ने भनिएपनि अव्यवस्थित रुपमा फोहोर फालिँदा झनै किचलो बन्दै गएको भन्दै संसदमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले त्यहाँका समस्या समाधानका लागि संसदीय समिति बनाइ एक टोली त्यहाँको निरीक्षण र अवलोकनका लागि जानुपर्ने बताउनु भयो । उहाँले वैज्ञानिक ढंगले फोहोर व्यवस्थापन गर्ने भनेर बनाइएको पोखरीमा पनि अहिले फोहोरको डंगुर भरिएकोप्रति आपत्ति जनाउनु भयो ।

उहाँले स्थानीयहरु घरमा बस्नै नसक्ने अवस्था रहेको र स्थानीहरुले समस्या समाधानको माग गर्दा सरकारले प्रहरी प्रशासन लगाएर स्थानीयमाथि ज्यादती गरेको बताउनु भयो । उहाँले उक्त क्षेत्र हवाइ रुट भएकाले पनि दुर्घटना निम्तिनसक्ने भन्दै त्यसतर्फ सचेत रहन आग्रह गर्नुभयो ।
सांसद पाण्डेले कोल्पो खोलामा फोहोर बगाउन बन्द गर्न आग्रह गर्नुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);