गठबन्धनमा देउवा, प्रचण्ड, माधव बाहेक अरु प्रधानमन्त्री बन्नु पर्छ : नेता केसी (भिडियो अन्तवार्ता) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

गठबन्धनमा देउवा, प्रचण्ड, माधव बाहेक अरु प्रधानमन्त्री बन्नु पर्छ : नेता केसी (भिडियो अन्तवार्ता)

माउन्टेन टेलिभिजन। नेपाली कांग्रेसका नेता जदिश्वरनरसिंह केसीले गठबन्धनबाट प्रधानमन्त्रीको लागि शिर्ष नेताबाहेकाका अरुलाई प्रधानमन्त्रीको पालो दिनुपर्ने बताउनुभएको छ। देउवा , प्रचण्ड, माधव बाहेक अरुलाई पालो दिनु पर्ने बताउनु भएको छ।

माउण्टेन टेलिभिजनको कार्यक्रम माउण्टेन संवादमा नेता केसीले देउवा, प्रचण्ड र माधवले प्रधानमन्त्री हुने अवसर प्राप्त गरेर पनि जनताको मन जित्न नसकेको भन्दै अब उहाँहरुको विकल्प गठबन्धनले दिनु सक्नु पर्ने तर्क राख्नु भएको हो। उहाँले कांग्रेस भित्र प्रधानमन्त्री हुन लायक धेरै नेता भएको भन्दै देउवाले प्रधानमन्त्रको लोभ नगर्न आग्रह समेत गर्नुभयो। नेता केसीले गठबन्धन बिचमा हुने भागबन्डा समानरुपमा हुनुपर्ने तर्क गर्नु भएको छ।

यदि प्रधानमन्त्री पद आलोपालोमा भागबन्डा हुने हो भने राष्ट्रपति, सभामुख पद पनि आलोपालो हुनेगरी भागबन्डा गठबन्धनले मिलाउनु पर्ने जोड दिनु भएको छ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);