चोलेन्द्रलाई रोक्न बारले शुक्रबार पनि धर्ना दिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चोलेन्द्रलाई रोक्न बारले शुक्रबार पनि धर्ना दिने

काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत परिसरमा शुक्रबार पनि धर्ना दिने भएको छ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदतलमा प्रवेश रोक्नका लागि नेपाल बार एसोसिएसनले शुक्रबार पनि धर्ना दिने भएको हो ।

बारका पदाधिकारी एवं सदस्यहरूले बुधबार दिउँसोको धर्ना समापन गर्दै बिहीबार विदा भएका कारण शुक्रबार १० बजेबाट पुनः धर्ना बस्ने बताएका छन् ।

संसद्‍ सचिवालयका महासचिव भरतराज गौतमले जबरामाथिको महाभियोग निस्प्रभावी भएको भन्दै पत्र पठाएपछि जबरा सर्वोच्च जाने तयारीमा रहेको खबर पाए लगत्तै बारका पदाधिकारीहरु धर्ना दिन पुगेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);