सर्वाेच्चमा गोलाप्रथाद्वारा गठन भए ११ इजलास, नेपाल बार विरोधमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सर्वाेच्चमा गोलाप्रथाद्वारा गठन भए ११ इजलास, नेपाल बार विरोधमै

काठमाडौं । सर्वोच्च अदालतको इतिहासमा पहिलोपटक गोलाप्रथाद्वारा ११ वटा इजलास गठन भएका छन् । पेसी व्यवस्थापन समितिका तर्फबाट बुधबार पहिलो पटक ११ इजलास गठन भएका छन् । ११ इजलासमा २१७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतको संशोधित नियमावलीले व्यवस्था गरेअनुसार वुधबार पहिलो पटक गोला तानेर इजलास गठन गरिएको हो । 

गोला प्रणाली लागु भए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ । नेपाल बारका महासचिव लिलामणि पौडेलका अनुसार साढे १२ सम्म अदालत परिसरमा शान्तिपूर्ण धर्ना दिने कार्यक्रम छ । बारले जबराको राजीनामा नआएसम्म आन्दोलन नरोक्ने बताउदै आएको छ । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);