चोलेन्द्रको महाअभियोगबारे आउने संसदले निर्णय गर्छः मन्त्री कार्की | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

चोलेन्द्रको महाअभियोगबारे आउने संसदले निर्णय गर्छः मन्त्री कार्की

काठमाडौ। सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभामा निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव जीवितै रहेको बताएका छन् ।

मन्त्री कार्कीले मन्त्रिपरिषद् बैठक निर्णय सार्वजनिक गर्ने क्रममा महाअभियोग प्रस्ताव जिवितै रहेको भन्दै आगामी प्रतिनिधिसभामा जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने बताएका हुन् ।बुधबार संसद् सचिवालयले जबरालाई महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र दिएको छ।

‘प्रतिनिधिसभामा निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्तावमाथि छलफल भएर त्यो छलफलको प्रतिवेदन पेश भएको छ,’ उनले भने ।

महाभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति रहेको भन्दै उनले यसको छलफल आउने प्रतिनिधिसभामा हुने र छलफल भएरै निर्णयमा पुग्ने कार्कीले बताएका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);