उपनिर्वाचनका लागि प्रतिनिधिसभातर्फ २० र प्रदेश सभातर्फ १९ वटा राजनीतिक दलको निवेदन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

उपनिर्वाचनका लागि प्रतिनिधिसभातर्फ २० र प्रदेश सभातर्फ १९ वटा राजनीतिक दलको निवेदन

nirwachan ayog

२०८० चैत १ उपनिर्वाचनका लागि प्रतिनिधिसभातर्फ २० र प्रदेश सभातर्फ १९ वटा राजनीतिक दलले निवेदन दिएका छन् ।

निर्वाचन आयोगले दल दर्ताका लागि तोकेको समयसीमा बुधबारसम्मको समयमा उपनिर्वाचनका लागि प्रतिनिधिसभातर्फ
२० र प्रदेश सभातर्फ १९ वटा राजनीतिक दलको आवेदन परेको हो ।

आयोगका अनुसार निवेदनमाथि जाँचबुझपछि दर्ताको निर्णय गरिनेछ । उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) लगायतका दलले दर्ताको निवेदन दिएका छन् ।

रास्वपाले प्रतिनिधिसभामा मात्रै उमेदवारी दिएकाले प्रदेशतर्फ १९ निवेदन परेको हो । इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को ’क’ मा उपनिर्वाचन हुँदै छ ।०००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);