लमजुङमा ३ बजेसम्म ४० प्रतिशत मत खस्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

लमजुङमा ३ बजेसम्म ४० प्रतिशत मत खस्यो

लमजुङ। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि जारी मतदानमा लमजुङमा ४० प्रतिशत मत खसेको छ। निर्वाचन कार्यालय लमजुङका प्रमुख  नारायण सापकोटाका अनुसार अपरान्ह ३ बजेसम्म ५३ हजार १ ५४ मत खसेको छ। लमजुङका १३० वटा मतदानस्थको १ सय ८८ वटा मतदान केन्द्रबाट मतदान भइरहेको छ। लमजुङमा प्रतिनिधिसभा तर्फ एउटा र प्रदेश सभातर्फ २ वटा निर्वाचन क्षेत्र रहेका छन् ।  प्रतिनिधिसभातर्फ ११ जना र प्रदेश क मा ५ जना र प्रदेश ख मा ६ जना चुनावी मैदानमा  छन् ।

लमजुङमा जम्मा एक लाख ३३ हजार ५५९ मतदाता रहेका छन्। जिल्लामा ६८ हजार २८८ महिला मतदाता रहेका छन् भने ६५ हजार २७१ पुरुष मतदाता छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);