लमजुङमा शान्तिपुर्ण मतदान, ५६ प्रतिशत मत खस्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

लमजुङमा शान्तिपुर्ण मतदान, ५६ प्रतिशत मत खस्यो

लमजुङ। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आइतबार सम्पन्न भएको मतदानमा लमजुङमा ५६ प्रतिशत मत खसेको छ । निर्वाचन कार्यालय लमजुङका प्रमुख  नारायण सापकोटाका अनुसार  लमजुङमा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेकोमा ७४  हजार  ६ सय ५२ मत खसेको छ। जिल्लामा  ३९ हजार ९ सय २० महिला  र  ३४ हजार ७ सय ३२ जना पुरुषले मतदान गरेका छन् । लमजुङका १ सय ३० वटा मतदानस्थलको १ सय ८८ वटा मतदान केन्द्रबाट मतदान भएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।

लमजुङमा प्रतिनिधि सभा तर्फ एउटा र प्रदेश सभातर्फ २ वटा निर्वाचन क्षेत्र रहेका छन् ।  प्रतिनिधिसभातर्फ ११ जना र प्रदेश क मा ५ जना र प्रदेश ख मा ६ जना चुनावी मैदानमा  छन् ।

जिल्लामा शान्तिपुर्ण रुपमा मतदान भएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील बैधले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);