दक्षिण कोरियाबाट २ सय २८ नेपाली स्वदेश आइपुगे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

दक्षिण कोरियाबाट २ सय २८ नेपाली स्वदेश आइपुगे

korean air

काठमाडौं, ६ असार । नियमित अन्तर्राष्ट्रिय उडानमाथि लगाइएको प्रतिवन्धका कारण दक्षिण कोरियामा समस्यामा परेका २ सय २८ जना नेपालीहरु स्वदेश फर्केका छन् । कोरिएन एअरको विमान केइ ९६९५ बाट शनिबार २ सय २८ जना नेपालीहरु काठमाडौं उत्रिएका हुन् ।

उनीहरु नेपालबाट आफ्ना कामदारहरु कोरिया लिएर जान काठमाडौं आएको उक्त विमानमा स्वदेश फर्केका हुन । सोही विमानमा २३३ जना नेपाली कामदार लिएर दक्षिण कोरिया फर्किएको छ । नेपाल आउन लागेको कोरिएन एअरलाई नेपाल सरकारले कोरियाबाट समस्यामा परेका आफ्ना नेपाली नागरिकहरु लिएर आउन अनुमति दिएपछि नेपालीहरुले स्वदेश फिर्ता हुने अवसर पाएका हुन् ।

कोरोना संक्रमणको कारण उत्पन्न असहज परिस्थितिमा नेपाल आउनै पर्ने अवस्थामा कोरियामा रहेका नेपाली नागरिकलाई स्वदेश फर्कनका लागि नेपाल सरकारले २०७७ जेष्ठ ११ गतेदखि नै सूचना फारम सार्वजनिक गरी विवरण संकलन गरेको थियो, जसमा जेष्ठ २७ गतेसम्म ९७२ जनाले फारम बुझाएका थिए ।

अहिले कोरियास्थित नेपाली दुतावासमा ११ सय जना भन्दा बढी नेपालीहरु तत्काल नेपाल प्रवेश गर्न चाहनेको सूचीमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);