भिभिआइपीहरुलाई अनुसन्धानमा नल्याई सरकारी वकिलको कार्यालयमा पेश गरिनु आपक्तिजनक : सफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

भिभिआइपीहरुलाई अनुसन्धानमा नल्याई सरकारी वकिलको कार्यालयमा पेश गरिनु आपक्तिजनक : सफल

काठमाडौं, ७ जेठ । युवराज सफल नेतृत्वको नेपाल समाजवादी मोर्चाले भिभिआइपी आरोपीहरुलाई अनुसन्धानको दायरामा नल्याई जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरिने मुद्धा आंशिक रुपमा मात्र निश्कर्षमा पुग्ने ठहर गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको क्रममा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा पत्नी आरजु देउवा,बालकृष्ण खाँण पत्नी मन्जु खाँण, तत्कालीन गृह सचिव प्रेम कुमार राई र तत्कालीन गृह मन्त्री राम बहादुर थापालाई पर्याप्त तथ्य र प्रमाण हँुदाहुँदै अनुसन्धानको दायरामा नल्याएकोमा संयोजक सफलले आपत्ति जनाएका हुन् । साथै मोर्चाले तत्काल उल्लेखित भिभिआइपीलाई समेत पक्राउ गरी आवश्यक अनुसन्धान गर्न सरकारसँग माग गरेको छ ।

‘हालसालै नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल सरकार गृहमन्त्रालय अन्तर्गतको नेपाल प्रहरीले गरेको अनुसन्धान र प्रक्राउका गतिविधि एंव यस मुद्धाका विषयमा नेपाल समाजवादी मोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ । सर्वप्रथम नेपाल समाजवादी मोर्चाले मिति २०८० वैशाख ४ गतेका दिन एमाले उपाध्यक्ष एंव तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल ,तत्कालीन गृह सचिव प्रेम कुमार राई ,टोप बहादुर रायमाझी लगायतलाई यथाशक्य पक्राउ गरी आवश्यक कारबाही गर्न माग गर्दै गृह मन्त्रालयमा निवेदन दर्ता गराएको थियो । साथै नेपाल समाजवादी मोर्चाले वैशाख २२ गतेका दिन फेरि केपि शर्मा ओली ,बालकृष्ण खाँण लगायतलाई पक्राउ गर्न माग गर्दै गृह मन्त्रालयमा निवेदन पेश गरेको थियो ।’ मोर्चाद्धारा विज्ञप्तीमा लेखिएको छ,‘नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको क्रममा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा पत्नी आरजु देउवा ,बालकृष्ण खाँण पत्नी मन्जु खाँण ,तत्कालीन गृह सचिव प्रेम कुमार राई र तत्कालीन गृह मन्त्री राम बहादुर थापालाई पर्याप्त तथ्य र प्रमाण हँुदाहुँदै अनुसन्धानको दायरामा नल्याएको एंव पक्राउ नगरेको घटनाप्रति नेपाल समाजवादी मोर्चा नेपाल सरकार र नेपाल प्रहरीप्रति खेद प्रकट गर्दछ । भिभिआइपी आरोपीहरुलाई अनुसन्धानको दायरामा नल्याई जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरिने मुद्धा आंशिक रुपमा मात्र निश्कर्षमा पुग्ने नेपाल समाजवादी मोर्चाको धारणा रहेको छ । अत तत्काल उल्लेखित भिभिआइपीलाई समेत पक्राउ गरी आवश्यक अनुसन्धान गर्न नेपाल समाजवादी मोर्चा सरकारसँग माग गर्दछ । साथै नक्कली भुटानी शरणार्थी प्रकरणको शुरुवाती र अन्तिम चरणमा पुर्व प्रधानमन्त्री केपि शर्मा ओली र शेर बहादुर देउवा प्रधानमन्त्री रहेको हँुदा उहाँहरुको संलग्नता बिना कसरी यो प्रकरण सम्भव भयो ? भन्ने जिज्ञासा उत्पन्न भएकोले उहाँहरुलाई समेत पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउन माग गर्दछौँ ।’ File photo

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);