फड्के किराको प्रकोपबाट सयौं विगाहा धानबाली नष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

फड्के किराको प्रकोपबाट सयौं विगाहा धानबाली नष्ट

dhanbali nasta

टेकेन्द्र बस्याल
बाँके, ११ असोज
। बाँके राप्तीसोनारी गाउँपालिकाका विभिन्न वडामा एकसातादेखि फड्के किराको प्रकोपबाट संयौ विगाहा धानबाली नष्ट भएको छ । पहिलोपटक यो क्षेत्रमा फड्के किरा धानबालीमा लाग्दा पाक्दै गरेको धान सुकेर नष्ट भएको हो । धानबालीमा किराको संक्रमण नियन्त्रणबाहिर हुँदा कृषकहरु चिन्तित भएका छन् ।

दिनभर धानको बोटमा लुक्ने अनि विहान र रातमा फड्के किराले धान फलेको बालामा हरियो डाँठ चुसेर धान नै सुकेपछि यो क्षेत्रका किसान यतिबेला समस्यामा परेका छन् । एकसातादेखि प्रकोपको रुपमा फड्के किराले सबै किसानका पाक्दै गरेका धानबालीमा फैलदै गएको छ । धानमा किरा लाग्दा धानका बोट जलेर कालो हुँदै सुकेको र धानको दानामा भुष मात्र भएको कृषकहरु बताउँछन् ।

विगतका बर्षमा फौजी किराको संक्रमण देखिएको राप्तीसोनारीमा पहिलो पटक फड्के किरा देखिएको कृषकहरु बताउँछन् । यस्तो किराको प्रकोप यसअघि यो क्षेत्रमा देखिएको थिएन । धानबालीमा किराको संक्रमण नियन्त्रणबाहिर हुँदा कृषकहरु झन त्रसित छन् ।

सेतो र पहेलो रंगको भुसुनुजस्तो फड्के किराले हजारौ विगाहमा लगाएको धान नष्ट गरेको छ । अहिले औषधी हाल्दापनि किराको प्रकोप नियन्त्रणमा आउन सकेको छैन । पाक्दै गरेको धानमा किरा लागेपछि अव धानमा पराल मात्र बाँकी छ । धानमा प्रकोपमा रुपमा किरा लागेपछि कृषकहरु हरियोमा धान काट्न थालिरहेका छन् ।

राप्तीसोनारी गाउँपालिकाका वडा नम्बर ३,४, ५, ७ र ८ का जंगली क्षेत्र र खोलानाला क्षेत्रका धानबालीमा फड्के किरा लागेको छ । फलफुलको बोट र जंगलमा बस्ने फड्के किरा पहिलो पटक धानबालीमा देखिएको हो ।

पछिल्ला समयमा कृषकहरु सरकारले सिफारिस नगरेका धानका बिउ र भारतीय क्षेत्रबाट अवैध रुपमा ल्याएका धानका बिउँ लगाउँदा पनि यस्ता किराको प्रकोप देखिएको कृषि प्राविधिकहरु बताउँछन् ।

भारतीय खुल्ला सीमाका कारण भारतीय क्षेत्रबाट ल्याएका विषादी जथाभावी हाल्दा पनि नयाँ प्रजातीका किराको संक्रमण देखिएको प्राविधिकहरुको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);