धान उत्पादन घटेपछि धादिङका कृषक चिन्तित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

धान उत्पादन घटेपछि धादिङका कृषक चिन्तित

धादिङ, १८ मंसिर । खडेरीका कारण समयमा धान रोप्न नपाएका धादिङका कृषक धानमा चामल नलागेपछि चिन्तित बनेका छन् । आधुनिक समयानुसारको ट्रेलर, ट्याक्टर प्रयोग गरी खेती गरे पनि धान उत्पादन घटेपछि कृषक मर्कामा परेका हुन् ।

नेत्रावती गाउँपालिकामा पनि कात्तिकमा परेको असिना पानीले धानखेती नष्ट गरेको थियो । जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार असिना पानीले एक हजार दुई सय ५८ टन धानमा क्षति पुगेको थियो । कतिपय ठाउँमा रोग तथा कीराको प्रकोपले धान उत्पादनमा असर परेको कार्यालयले जनाएको छ ।

प्रतिकूल मौसमका बावजुद धान उत्पादनमा भने वृद्धि भएको छ । यो वर्ष धादिङमा १५ हजार नौ सय ८९ हेक्टरमा धान लगाइएकोमा ६० हजार एक सय २७ टन फलेको कृषि कार्यालयले जनाएको छ । गत वर्ष १६ हजार ७ सय ९३ हेक्टरमा धानखेती गरेकोमा ५७ हजार ९६ टन धान फलेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);