राजनीतिक दलले गरे कार्यकर्तालाई व्यापक मात्रामा निःशुल्क इन्धन वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सुनसरी, १८ मंसिर । निर्वाचन प्रचारप्रसारका क्रममा सुनसरीका राजनीतिक दलहरुले कार्यकर्तालाई व्यापक मात्रामा निःशुल्क इन्धन वितरण गरेको पाइएको छ ।

मतदातालाई आफ्नो पक्षमा पार्न र कार्यकर्तालाई जुलुस, सभालगायतमा सहभागी गराउन ठूलो मात्रामा पेट्रोल तथा डिजेल वितरण गरिएको हो ।

दल तथा उम्मेदवारहरुले कार्यकर्ता र समर्थकलाई कुपन दिएर इन्धन भराएका छन् । पेट्रोल विक्रेताका अनुसार कात्तिक १६ गतेयता २० देखि २५ प्रतिशतले डिजेल र पेट्रोलको बिक्री नै बढेको छ ।

इनरुवाका नारायणी पेट्रोल पम्प, नुतन पम्प, वैश्णो पम्प, हेटौंडा पम्पहरूले इन्धन बिक्री निकै बढेको बताए । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपालगायतका दलले मतदाता प्रभावित पार्न तेल बाँडेर ठूलो जुलुस निकाल्ने गरेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);