सरकार आफैले संसद अबरुद्ध पार्ने परिस्थिति बनायोः ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकार आफैले संसद अबरुद्ध पार्ने परिस्थिति बनायोः ओली

१२ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद अवरुद्ध पार्ने परिस्थिति सरकार आफैंले निर्माण गरेको आरोप लगाउनु भएको छ ।

सरकार आफैले संसद अबरुद्ध पार्ने परिस्थिति बनायोः ओली

१२ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद अवरुद्ध पार्ने परिस्थिति सरकार आफैंले निर्माण गरेको आरोप लगाउनु भएको छ ।

शुक्रबार अपरान्ह संसद भवन परिसरमा संचारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै एमाले अध्यक्ष ओलीले स्थानीय निकायको संख्या थपेर सरकारले परिस्थिति प्रतिकुल बनाएको बताउनु भयो । उहाँले सरकारलाई उक्त निर्णय फिर्ता लिएर संसद चल्ने वातावरण बनाउनु आग्रह गर्नु भयो । एमालेले सरकारले संविधान र कानुन विपरित हुने गरी थप गरिएको स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता नलिएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिँदै आएको छ ।

एमाले अध्यक्ष ओलीले राष्ट्रिय जनता पार्टी, नेपालले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भाग लिने विश्वास पनि व्यक्त गर्नु भयो । मधेश केन्द्रित दलहरुले निर्वाचनमा भाग लिने र उनीहरुको माग कानुन र संविधान अनुसार सम्बोधन हुँदै जाने टिप्पणी गर्नु भएको हो ।

अध्यक्ष ओलीले निर्वाचन हुन नदिने कुरा कुनै पनि राजनीतिक दलहरुले गर्न नमिल्ने पनि स्पष्ट पार्नु भयो । एमालेले मधेश केन्द्रित दलहरुको माग सम्बोधन गरेर जान आफ्नो दल तयार रहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);