एमालेबाट बिद्रोह गर्नु औचित्यपूर्ण भएको माधव नेपालको ठहर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

एमालेबाट बिद्रोह गर्नु औचित्यपूर्ण भएको माधव नेपालको ठहर

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालिन नेकपा(एमाले)बाट बिद्रोह गरेर नयाँ पार्टी बनाउनु औचित्यपूर्ण भएको बताउनुभएको छ ।

दुई दिनसम्म चलेको नेकपा(एकीकृत समाजवादी)को पोलिटब्युरो बैठकको सोमवार समापन मन्तव्य राख्दै अध्यक्ष नेपालले तत्कालिन एमालेबाट बिद्रोह गरी नयाँ पार्टी बनाउनु औचित्यपूर्ण भएको ब्रिफिङ गर्नुभएको हो । उहाँले आफूहरुले बिद्रोह नगरेको भए एमाले अध्यक्ष केपी ओलीले देशको संविधान, संघीयता र संसद समाप्त पारिसकेको हुने विश्लेषण सुनाउनु भयो ।

पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार अध्यक्ष नेपालले बिद्रोह नगरेको भए आफ्नो विचार समूहका कार्यकर्ताहरु माथि दमन र अत्याचार हुने पनि बताउनु भयो । त्यस्तै उहाँले आगामी दिनमा पार्टी कामको अनुगमन गर्ने कुरालाई उच्च प्राथमिकता दिएर जानुपर्नेमा जोड दिनुभएको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो । नेपालले एकढिक्का भएर पार्टी निर्माणमा लाग्न पनि नेताहरुलाई आग्रह गर्नुभएको थियो ।

बैठकमा पोलिटब्युरो सदस्यहरुले वर्तमान राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभारका विषयमा आ–आफ्नो धारणा राखेका थिए । भोलिदेखि चल्ने पार्टीको केन्द्रिय कमिटीको बैठकको पूर्वतयारीका रुपमा पोलिटब्युरो बैठकमा छलफल भएको प्रवक्ता खतिवडाले बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);