कर्णालीको विकासलाई प्राथमिकतामा राखेको छुः प्रधानमन्त्री दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कर्णालीको विकासलाई प्राथमिकतामा राखेको छुः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीको विकासलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।

सोमबार सुर्खेतमा आयोजित कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । बेरोजगारीको अन्त्य गरी गरिबी निवारण तथा आर्थिक रूपान्तरणका लागि कर्णाली प्रदेश सरकारको समृद्धि अभियानलाई सङ्घीय सरकारको पूर्ण साथ र सहयोग रहने उहाँको प्रतिबद्धता थियो ।

प्रधानमन्त्री प्रचण्डले अथाह प्राकृतिक साधनस्रोत हुँदाहुँदै पनि भौतिक पूर्वाधारको अभाव, आर्थिक स्रोत परिचालनको कमी र कर्मचारी परिचालन तथा व्यवस्थापनमा चुनौति देखिएको उल्लेख गर्नुभयो । दुर्गममा कर्मचारी बस्न नचाहने र सङ्घीय सरकारले पनि पर्याप्त ध्यान नदिँदा प्रदेश सरकारका काम कारबाहीहरू प्रभावित भएको बारे आउने गुनासोलाई आफूलाई गम्भीरतापूर्वक लिएको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्डले तीन तहका सरकारहरु एकअर्काका प्रतिस्पर्धी नभएर सिङ्गो राष्ट्र निर्माणका सहयात्री बन्नु पर्ने बताउनुभयो । आम नागरिकले सामाजिक न्याय र समानताको अनुभूति गर्न नसकेसम्म तथा उनीहरूको जीवनमा गुणात्मक सुधार नआएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य सिद्ध नहुने तथ्यलाई सबैले विचार गर्नूपर्ने उहाँले बताउनुभयो । सङ्घीय शिक्षा ऐन, निजामती सेवा र संघीय प्रहरी ऐनको तर्जुमा छिट्टै गर्ने प्रधानमन्त्री प्रचण्डले जनाउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);