भ्रष्टाचारका फाईल खोले जेल पर्ने सत्तारुढ दलकै नेताहरु हुन् : ओली | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८०, शुक्रबार

भ्रष्टाचारका फाईल खोले जेल पर्ने सत्तारुढ दलकै नेताहरु हुन् : ओली

काठमाडौं, ९ असोज । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारका सबै फाईल खोल्न सरकारलाई चुनौति दिएका छन् । सोमवार काठमाडौंमा आयोजित पार्टीको वागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले भ्रष्टाचारका फाईल खोले जेल पर्ने सत्तारुढ दलकै नेताहरु भएको दाबी गरे ।

अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको आवाज संसदमा उठ्न नदिनका लागि संसद लामो समयसम्म स्थगित गर्न ठाडो आदेश दिएको पनि बताउनु भयो । उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टान्त पेश गर्दै विदेश भ्रमणमा जाँदा किन संसद बैठक स्थगित गर्नुपरेको ? भनि प्रधानमन्त्री दाहाललाई प्रश्न समेत गर्नुभयो ।

ओलीले भन्नुभयो, ‘हुनत यो सरकारलाई कुनै सुझाव दिनु, केही आग्रह गर्नु बेकार छ । यो सरकार जनताका समस्यातिर, भोकमरीतिर, महंगी बढीरहेकातिर, उद्योगधन्दा बन्द भईरहेकोतिर, व्यापारीहरु निराश र उद्योगधन्दा बन्द गरिरहेकोतिर, दशैं लाग्न लाग्यो, न्युरोडको पसलहरु बन्द छन् । बन्द गरेर हिँड्नुपर्ने अवस्थमा छ । सरकारलाई कुनै चिन्ता छैन । सरकार दंग छ । सरकार समर्थकहरु दंग छन । स्वागत गर्दा त बच्चाबच्ची नचाएर स्वागत गरे, उधुमनै भो त, त्यसैमा दंग छन् । स्वागत गर्दाखेरी त गरिहाल्छन नि । आफनो काम कस्तो छ यहाँ ? देशबासीले के भनेका छन ? देशका उद्यमीहरु भन्दैछन्, व्यवसायीहरु के भन्दैछन् ? निर्माण व्यवसायीहरु के भन्दैछन ? अरु हार्डवेयर व्यवसायीहरु के भन्दैछन ? उद्योगतिपहरु के भन्दैछन, उद्यमीहरु के भन्दैछन ? किसानहरु के भन्दैछन् । आज कैलालीको केरा खेती मासिने अवस्थामा छ । अरु खेतीहरु मासिने अवस्थामा छ । केरामा रोग लागिराखेको छ । कृषिमन्त्रीलाई थाहा छ कि छैन, सरकारलाई थाहा छ कि छैन ? तत्काल रोकथाम गर्न पर्छ कि पर्दैन ? उहाँहरुलाई थाहा छैन । उहाँहरु प्रचार गर्न सिपालु हुुनुहुन्छ । अस्ती दुई चार दिन त्यो पनि हामीले होइन, हामी संसद चलाउ भन्छौं । उहाँहरुलाई हामी पनि बोल्द नदिएर उठेर संसद अवरोध गर्नु हुन्छ । एमालेले संसद रोक्यो भन्नु हुन्छ । अनि बाहिर स्याल हुइँया मच्चिन्छ एमालेले संसद रोक्यो, जनताका कुरा सांसदले सुन्न पाएनन् । संसद चल्न पाएन भनेर । अनि अवरोध भन्ने कुरानै सिद्धिएपछि पनि अहिले संसद किन चलेको छैन, कहाँ चल्या छ ? जनताको समस्या बोल्न पाएका छन सांसदहरुले ? म भन्दैछु संसदमा उभिएर सांसदहरुले जनताका समस्या राख्न पाउनु प¥यो । खै सांसदहरुले जनताका समस्या राख्न पाएको ? १७ दिनसम्म संसद बन्द गरिदिने । प्रधानमन्त्री बाहिर जाँदा देशले भोगीरहेका, जनताले भोगीरहेका समस्या संसदमा छलफल हुन सक्दैन ? सांसदहरुले सरकारको ध्यानाकर्षण गर्न सक्दैन ? जनताका आवाजहरु त्यहाँ उठाउन सक्दैनन् ? १७ दिनसम्म बन्द गर्नु पर्छ ? भारतका प्रधानमन्त्री कति दिन बाहिर गईरहनु हुन्छ, उहाँ बाहिर गएपछि संसदमा ताला बन्द हुन्छ ? हाम्रोमा प्रधानमन्त्री बाहिर जाने भनेपछि ताला बन्द गर्ने आदेश दिएर जानु हुन्छ । १७ दिनसम्म । त्यो भन्दा अगाडि २१ बाट २९ किन पु¥याउनु हुन्छ संसद ? किन त्यति लामो समय ग्याप राख्नुपर्छ ? उहाँहरुलाई जनताको आवाज सांसदहरुले बोल्छन भन्ने पीर छ । आज उद्योग व्यवसायमाथि हमला भएको छ । उनीहरु ऋण तिर्न सकिराखेका छैनन् । र, बैंकले निर्मम साहुले जस्तो व्यवहार गरिरहेको छ । व्याजदरको मात्रै कुरा होइन, अर्थतन्त्र अप्ठयारोमा छ । सरकारले व्यवसायीहरुका कामको भुक्तानी दिएको छैन । भुक्तानी नदिएपछि उनीहरुले साहु ब्याँज तिर्न सकेनन् । कालो सूचिमा व्यवसायी पर्छ । कालो सूचिमा पार्ने काम सरकारले गर्छ । भुक्तानी दिँदैन, कालो सूचिमा पार्ने काम गर्छ । भुक्तानी नदिएपछि कहाँबाट तिर्छ व्यवसायीले ? तसर्थ अवस्था अत्यन्तै गम्भिर छ । बाहिरबाट आएको अलिकति रेमिटयान्स आयात छैन, मेशिन किनिदैन । उद्योग चलेका छैनन ् । चाहिने कुरा केही आयात भएको छैन । त्यसो भएर केही मुद्रा सञ्चिती भएको होला । निष्क्रिय भएर मुद्रा बसेको छ । तर काम केहीपनि हुन सकेको छैन । यो धेरै असहज र अप्ठयारो स्थिति हो । यो सरकार जति नालायक सरकार, निकम्मा सरकार, देशलाई कुनै फाईदा नभएको नोक्सानै नोक्सान पार्ने सरकार, थिति होइन, बेथितिको संवाहक सरकार यसले कुनै थिति बसाउन सक्दैन । कानूनको राज होइन, मनपरी तन्त्र बनाउँछ । ’

अध्यक्ष ओलीले सरकार निकम्मा भएको भन्दै उसलाई सुझाव दिनुको कुनै अर्थ नरहेको पनि दोहो¥याउनु भयो ।

 

Leave a Reply

ताजा समाचार