लोकतन्त्र, मानव अधिकार र कानुनी शासनको पक्षमा मिलेर काम गारौः प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

लोकतन्त्र, मानव अधिकार र कानुनी शासनको पक्षमा मिलेर काम गारौः प्रधानमन्त्री

१३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले लोकतन्त्र, मानव अधिकार र कानुनीको शासनको पक्षमा मिलेर काम गर्न आह्वान गर्नु भएको छ ।

लोकतन्त्र

१३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले लोकतन्त्र, मानव अधिकार र कानुनीको शासनको पक्षमा मिलेर काम गर्न आह्वान गर्नु भएको छ ।

प्रधानमन्त्री दाहालले राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको दावी समेत गर्नु भयो । शनिवार ललितपुरमा आयोजित राष्ट्रिय मानव अधिकार आयोगको १७ औं वार्षिकउत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकार मानव अधिकार प्रतिबद्ध रहेको बताउनु भयो ।

उहाँले सरकारले संक्रमणकालीन न्यायको प्रतिवद्धता र द्धन्द्धकालीन घटनालाई शान्ति र मेलमिलापमार्फत सम्बोधन गर्दै आएको पनि उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले  राष्ट्रिय मानव अधिकार आयोगले गरेका सिफारिसहरुलाई नेपाल सरकारले उच्च प्राथमिकता दिएको दावी समेत गर्नु भयो ।

प्रधानमन्त्री दाहालले लोकतन्त्र सुदृढ नभई मानव अधिकार बलियो हुन नसक्ने भएकाले लोकतन्त्रलाई बलियो बनाउन सबै पक्ष प्रतिबद्ध हुन पर्ने बताउनु भयो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);