नेपाली काँग्रेसवाट सिफारीस भएका उमेद्वार श्रेष्ठको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

नेपाली काँग्रेसवाट सिफारीस भएका उमेद्वार श्रेष्ठको निधन

प्रकाश नेपाल, २९ बैशाख पाल्पा ।
नेपाली कांग्रेसको तर्फबाट नगरपालिका ४ को वडा अध्यक्षका उमेद्वारका लागि सिफारिस भएका राजेन्द्र श्रेष्ठको शुक्रवार विहान निधन भएको छ । पाल्पा उद्योग वािणज्य संघका निर्वाचित उद्योग तर्फका उपाध्यक्ष समेत रहेका

नेपाली काँग्रेसवाट सिफारीस भएका उमेद्वार श्रेष्ठको निधन

प्रकाश नेपाल, २९ बैशाख पाल्पा ।

नेपाली कांग्रेसको तर्फबाट नगरपालिका ४ को वडा अध्यक्षका उमेद्वारका लागि सिफारिस भएका राजेन्द्र श्रेष्ठको शुक्रवार विहान निधन भएको छ । पाल्पा उद्योग वािणज्य संघका निर्वाचित उद्योग तर्फका उपाध्यक्ष समेत रहेका श्रेष्ठको ४७ बर्षको उमेरमा मृत्यू भएको हो । शुक्रवार विहान अकस्मात रक्तचाप वृद्धि भए पछि लुम्बिनी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यू भएको हो ।

 

स्वर्गिय राजेन्द्र श्रेष्ठको पार्थीव शरिरमा तानसेनको विशालबजारमा नेपाली कांग्रेका जिल्ला सभापति विर बहादुर रानाले पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए । श्रेष्ठको निधनबाट पार्टीमा ठूलो क्षती भएको भन्दै शोकको यस घडीमा सबैलाई धैर्यधारण गर्न सभापति रानाले आग्रह गरे । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले उपाध्यक्ष राजेन्द्र श्रेष्ठको अकल्पनिय दुखद निधनले पाल्पाली उद्योगी व्यवसायीहरुलाई मर्महात तुल्याएको बताए ।

 

उद्योग वािणज्य संघ , लोकतान्त्रिक खेलकुद संघ , लायन्स क्लव , रेडक्रस , जस्ता दर्जनौ सामाजिक संघसस्थामा क्रियाशिल श्रेष्ठको एक श्रीमती , दुइ छोरा रहेको परिवारले जनाएको छ । स्वर्गिय राजेन्द्र श्रेष्ठको पार्थीव शरिरमा श्रद्धाञ्जली अर्पण गर्नका लािग विशालबजारमा नेपाली कांग्रेका सयौ कार्यकर्ता , उद्योगवाणिज्य संघका सदस्य , उद्योगी , व्यवसायी , हरुको सहभागिता रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);