चितवनमा काँग्रेस -माओवादीको गठवन्धन,एमालेले छुटै सभाको आयोजना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चितवनमा काँग्रेस -माओवादीको गठवन्धन,एमालेले छुटै सभाको आयोजना

चितवन, २८ बैशाख । स्थानीय तहको निर्वाचनको मौन समय शुरु हुने अघिल्लो दिन विहीवार चितवनमा कागे्रस माओवादीको गठवन्धन र एमालले छुटछुटै सभाको आयोजना गरेका छ । दुवै पक्षले यी सभालाई शक्ति प्रदर्शनको रुपमा समेत लिएका छन् । चितवनको भरतपुरस्थित केन्द्रिय वस टर्मिनलमा नेपाली काग्रेस र नेकपा माओवादी

चितवनमा काँग्रेस -माओवादीको गठवन्धन

 

राजेन्द्र आर्चाय, चितवन, २८ बैशाख ।
स्थानीय तहको निर्वाचनको मौन समय शुरु हुने अघिल्लो दिन विहीवार चितवनमा कागे्रस माओवादीको गठवन्धन र एमालले छुटछुटै सभाको आयोजना गरेका छ । दुवै पक्षले यी सभालाई शक्ति प्रदर्शनको रुपमा समेत लिएका छन् । चितवनको भरतपुरस्थित केन्द्रिय वस टर्मिनलमा नेपाली काग्रेस र नेकपा माओवादी केन्द्रको गठवन्धनले चुनावी सभा सम्पन्न गरेका हुन् । सो सभामा वोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काग्रेसका सभापति शेरवहादुर देउवाले यो तालमेल दिर्धकालिन हु्ने वताए।  उनीहरु दुवैले विपक्षी पार्टीका कार्यकर्तासंग भरतपुरका मेयर र उपमेयरका लागि भोट मागे । प्रधानमन्त्री प्रचण्डले लामो समयदेखि देश अध्यारोमा राख्ने पार्टीलाई जीताउनेकी उज्यालो नेपाल वनाउने पार्टीलाई जीताउने भनी भरतपुरवासीसंग प्रश्न पनि गरे ।
 
उनले रेणु दाहाललाई प्रचण्डपुत्री मात्रै भनी मिडीयामा प्रचार गरिएको भन्दै असन्तुष्टी समेत जनाए । उनले भने रेणु जनयुद्ध देखि नै असिमित प्रतिभा भएकी महिला भएको समेत व्याख्या गरे । शेरवहादुर देउवालाई भावी प्रंधानमन्त्री भनी सम्वोधन गर्दा काग्रेस कार्यकर्ताहरु शुखीले ताली वजाएका थिए । उनले सम्वोधनको अन्त्यमा अभिवादन र जयनेपाल समेत भनेका थिए । तालमेलपछि झिनो मतले जीत हात पार्ने अधिकार नभएको भन्दै दुवै दल मिलेर अत्याधिक मत ल्याउन उनले आग्रह समेत गरे । 
 
त्यसैगरी नेपाली काग्रेसका नेता शेरवहादुर देउवाले काग्रेस माओवाली तालमेल दिर्धकालिन भएको उद्घोष गरेका छन् । उनले तालमेल वर्तमान आवश्यकता भएकोले कसैको भड्काउनमा नलागी रेणु दाहाललाई मेयरमा  र पार्वती शाहलाई उपमेयरमा जीताउन आग्रह गरे । माओवादी काग्रेसको संयुक्त सरकारले अन्य दुई निर्वाचन पनि गराउने देउवाको दावी थियो । उनले भरतपुरको माहोल विथोलिदा पोखरा र काठमाण्डौंमा समेत असर पर्ने भन्दै कार्यकर्तालाई निर्देशन शिरोधार्य गर्न पटक पटक आग्रह गरेका थिए । 
 
एमाले सभाः 
प्रचण्ड र देउवा परिवारवादमा ःओली
चितवन बैशाख २८ । नेकपा एमालेले पनि आज नारायणगढको पोखरावसर्पामा चुनावी सभा गरेको छ । सो सभामा अध्यक्ष केपी ओलीले वर्तमान सरकार विकास विरोधी भएको वताए । उनले वर्तमान प्रधानमन्त्री प्रचण्ड र काग्रेस सभापति देउवा परिवारवादमा रुमलिएकोले विकास गर्न नसक्ने दावी गरे । परिवारवादकै  कारण भरतपुरको मेयरमा छोरी रेणु दाहाललाई उठाएको समेत उनले आरोप लगाए । उनले एमालेले विकासका कुरा गर्दा हास्ने  पार्टीहरु अव एमालेको वहुमत आएपछि पुर्ण रुपमा समाप्त हुने दावी समेत गरे । अध्यक्ष ओलीले देश पुरै एमालेमय भएको भन्दै एमालेका मेयर र उपमेयरलाई भोट दिई विकासलाई रोज्न समेत आग्रह गरे। उनले आजै पूर्वी चितवनका विभिन्न भागमा समेत आमसभामा सम्वोधन गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);