हिमाल पहाड र तराईको मजबुत एकता आजको आवश्यक्ता ः पुर्व राष्ट्रपति यादव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

हिमाल पहाड र तराईको मजबुत एकता आजको आवश्यक्ता ः पुर्व राष्ट्रपति यादव

सत्यराज घिमिरे, २७ वैशाख वीरगंज ।
हिमाल पहाड र तराईको मजबुत एकता आजको आवश्यक्ता रहेको पुर्व राष्ट्रपति डा. रामवरण यादवले बताउनुभएको छ । बुद्ध जयन्तीको अवसरमा बुधवार रिलिफ सोसाईटी अफ कमर्स वीरगंजले आयोजना गरेको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि यादवले मिलेर जानुको विकल्प नभएको

हिमाल पहाड र तराईको मजबुत एकता आजको आवश्यक्ता ः पुर्व राष्ट्रपति यादव

सत्यराज घिमिरे, २७ वैशाख वीरगंज ।

हिमाल पहाड र तराईको मजबुत एकता आजको आवश्यक्ता रहेको पुर्व राष्ट्रपति डा. रामवरण यादवले बताउनुभएको छ । बुद्ध जयन्तीको अवसरमा बुधवार रिलिफ सोसाईटी अफ कमर्स वीरगंजले आयोजना गरेको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि यादवले मिलेर जानुको विकल्प नभएको बताउनुभएको हो । मधेशले विभेद भोगेकोमा दुईमत नरहेको बताउदै उहाले त्यो विभेद समाजले गरेको नभई सासन सत्ताले गरेको बताउनुभयो । भारतमा महात्मा गान्धिले हिन्दु मुसलमान भाई–भाई भने जस्तै आफुले पनि नेपालमा प्रतिकात्मक रुपमा धोती र टोपि विचको बलियो एकताको पक्षमा बोल्दै आएको बताउनुभयो ।

 

राष्ट्रिय एकता र समृद्धिको लागि जो जहा“ छ त्यहि“बाट जति सकिन्छ त्यति योगदान दिनुपर्नेमा उहाले जोड दिनुभयो । आफु राष्ट्रपति हु“दा सवैको भावना समेटेर मुलुकलाई अभिभावकत्व प्रदान गरेको स्मरण गर्दै उहाले प्रतिपक्ष र सरकारमा रहेका दुवै दल मुलुकको विकास र समृद्धिको लागि मिलेर अघि बढ्नुपर्ने आवश्यक्ता औल्याउनुभयो । सम्बोधनको अधिकांस समय राष्ट्रिय एकता र भाईचारामा खर्चेका यादवले चुरे संरक्षणमा समेत विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

 

पछिल्लो समय तराईका शहरहरु उजाड बन्दै गईरहेको बताउदै पुर्व राष्ट्रपति यादवले चुरे क्षेत्रको दोहन कायमै रहेका अवको १० वर्ष भित्रमा मधेशमा पानिको समस्या हुने दावि गर्नुभयो । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले राजनितिक नेतृत्वले सहि समयमा काम गर्न नसक्दा विकास पछि पर्दै आएको बताउनुभयो । उदाहरणको रुपमा भारतको लगानिमा वीरगंमा बनेको आईसिपीको चर्चा गर्दै अध्यक्ष चौधरीले भारतले आफ्नो तर्फको सम्पुर्ण काम सन २०१६ मै सकेको भएपनि नेपालको तर्फबाट काम सम्पन्न हुन नसक्दा आईसिपी सञ्चालनमा आउन नसक्नु दुखद रहेको बताउनुभयो ।

 

अरुले लगानि गर्ने विषयमा नेपाल सरकारले फेसिलेट पनि गर्न नसक्ने भन्दै अध्यक्ष चौधरीले प्रश्न गर्नुभयो । उहाले राजनितिक विषयको लागि लामो समय बन्द, हड्ताल र नाकाबन्दि सहेको वीरगंजले विकासको लागि एकपटक फेरी त्यस्तै खालको आन्दोलन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको काम अगाडि बढेको बताउदै मुलुकको लाईफलाईन बनेको वीरगंज क्षेत्रमा पर्ने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अगाडि बढ्न नसक्नुमा यस क्षेत्रको राजनितिक नेतृत्वको समेत असक्षमता रहेको चौधरीको भनाई थियो ।

 

पोखराका जनताले विकासको लागि भोक हड्ताल गरे त्यहाको कुरा सुनुवाई भयो तपाईहरु पनि विकासको लागि दबाब दिनुस अनिमात्र राज्यले सुन्छ अध्यक्ष चौधरिले भन्नुभयो । त्यस अवसरमा रिलिफ सोसाईटी अफ वीरगंजले गरेको सामाजिक कार्यहरुको चर्चा एवं सामाजिक विकासमा योगदान पु¥याएका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा रिलिफका संस्थापक अध्यक्ष जगदिश शर्मा, वीरगंज उद्योग वाणीज्य संघका पुर्व अध्यक्ष अशोक वैद्य, अशोक टेमानी, गणेश लाठ एवं वर्तमान अध्यक्ष ओम प्रकाश शर्मा लगाएतले सम्बोधन गर्नुभएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);