बरण्डाभारलाई अन्तराष्ट्रिय क्षेत्रको रुपमा विकास गर्ने रेणुको योजना | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बरण्डाभारलाई अन्तराष्ट्रिय क्षेत्रको रुपमा विकास गर्ने रेणुको योजना

राजेन्द्र आर्चाय २७ बैशाख चितवन ।
कागँ्रेस –माओवादीको संयुक्त मेयर पदकी उम्मेदवार रेणु दाहालले बरण्डाभार जंगल क्षेत्र भित्रै रहेका पर्यटकिय स्थलहरुलाई अन्तराष्ट्रिय पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

बरण्डाभारलाई अन्तराष्ट्रिय क्षेत्रको रुपमा विकास गर्ने रेणुको योजना

 राजेन्द्र आर्चाय २७ बैशाख चितवन ।

कागँ्रेस –माओवादीको संयुक्त मेयर पदकी उम्मेदवार रेणु दाहालले बरण्डाभार जंगल क्षेत्र भित्रै रहेका पर्यटकिय स्थलहरुलाई अन्तराष्ट्रिय पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् । भरतपुर माहानगर यस्तो ठाउँ जुन विश्व सम्पदा सूचिमा सूचिकृत चितवन राष्ट्रिय निकुञ्जसगैँ जोडिएको छ, धेरै भु–भाग भरतपुरसगै पर्छ उनले भनिन् अब यसलाई विकासगर्दै आकर्षक होम स्टे, होटल, रेष्टुरेण्ट, रिसोर्टहरु स्थापना गर्न सहज बाताबरणको श्रृजना गर्ने हामी लागि पर्छौँ । महानगरका विभिन्न वडा तथा गाउँ टोलमा स्थानीय तह निर्वाचनको तयारीमा एजेण्डा सहित चुनावी प्रचारमा सम्बोधन गर्दै उनले वरण्डाभारसगैँ जोडिएका ठाउँहरुलाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने प्रतिबद्धता जनाउछु ।

 

मतदाताहरू माओवादीप्रति बढी आशावादी रहेकोे भन्दै दाहालले जनमुखी र सेवामुखी प्रशासन सञ्चालन गरी सुशासनको प्रत्याभूति गराउने बताईन् । यस्तै महानगरपालिकालाई देशकै महिला हिंसामुक्त बनाउदै जनताको आम्दानीको स्रोत विस्तार गर्ने विशेष योजना रहेको बताईन् । उनले आधुनिक कृषि प्रणाली अपनाई कृषिमा आधारित अर्थतन्त्रलाई उद्योगमा आधारित अर्थतन्त्र बनाउने बताउदै महानगरपालिकामा सञ्चालन हुने वातावरण मैत्री उद्योगहरूलाई कर छुट गरी विभिन्न सुविधा प्रदानगरी प्रोत्साहन गर्ने घोषण पनि गरिन् ।

 

यस्तै विद्यालय, वडा कार्यालय तथा महत्त्वपूर्ण सार्वजनिक स्थलहरूमा फ्रि वाइफाई सेवा प्रदान गर्ने, व्यवस्थित आवास नीति लागू गरी भूकम्प प्रतिरोधी ऊर्जामैत्री तथा वातावरणमैत्री घरहरूलाई अनुदानको व्यवस्था गर्ने जानकारी पनि दिईन् । यस्तै महानगरमा अझै सम्म पनि फेहर वयवस्थापन नभएको भन्दै फोहोरव्यवस्थापनका लागि बार्षिक, पञ्चबर्षिय र १० वर्षीय योजना बनाउने दावी गरिन् । भरतपुर महानगरपालीकालाई पारदर्शी र भ्रष्टाचारमुक्त बनाउने विशेष अभियान थाल्ने बताईन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);