पर्यटन प्रवर्द्धनका लागि पहाडी क्षेत्रमा हुने प्रत्येक उडान प्रदेशको राजधानीबाट गर्ने सरकारको योजना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पर्यटन प्रवर्द्धनका लागि पहाडी क्षेत्रमा हुने प्रत्येक उडान प्रदेशको राजधानीबाट गर्ने सरकारको योजना

काठमाडौं, २७ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटन प्रवर्द्धनका लागि पहाडी क्षेत्रमा हुने प्रत्येक उडान प्रदेशको राजधानीबाट गर्ने योजना बनाउन लागिएको बताउनुभएको छ ।

प्रदेश नम्बर १को प्रदेश स्तरिय पर्यटन प्रवर्द्धन समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘भ्रमण वर्ष २०२० पर्यटन प्रवर्द्धन समन्वय गोष्ठी’लाई सम्बोधन गर्दै मन्त्री भट्टराईले त्यसका लागि प्रदेशमा रहेका विमानस्थलको स्तारोन्नति आवश्यक रहेको बताउनुभयो ।

उहाँले प्रदेश नम्बर १ को विराटनगरमा रहेको विमानस्थलको लम्बाई ३ हजार मिटरको बनाउनुपर्ने समेत बताउनुभयो । त्यसका लागि संघीय सरकारले समेत सहयोग गर्ने प्रतिवद्धता उहाँले जनाउनुभयो । उहाँले संघीय सरकारले राखेको एक दशक पर्यटन वर्षको अभियानका लागि प्रदेश सरकारहरुसँग समन्वय गर्ने समेत बताउनुभयो ।

कार्यक्रममा प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले अवको १० वर्षमा नेपालको उत्कृष्ट पर्यटकिय क्षेत्र भएको प्रदेशको रुपमा प्रदेश १ लाई विकास गरिने बताउनुभयो । त्यसका लागि भ्रमण वर्ष २०२० लाई आधार वर्षको रुपमा लिने समेत बताउनुभयो ।

कार्यक्रममा पर्यटकिय क्षेत्रको विकासका लागि संघीय सरकार, प्रदेश र स्थानीय तहसँग राम्रो समन्वय कायम हुनुपर्नेमा जोड दिइएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);