चुनावी गठबन्धनको विषयमा चितवन कांग्रेसले भनेर हुँदैन, माथिबाटै हुन्छ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

चुनावी गठबन्धनको विषयमा चितवन कांग्रेसले भनेर हुँदैन, माथिबाटै हुन्छ : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी तीन तहै चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुने दाबी गरेका छन् ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि पहिलो पटक आज गृह जिल्ला चितवन आएका प्रचण्डले स्थानीय तहको चुनावमा पनि केन्द्रबाट नै गठबन्धन हुने बताए । चुनावी गठबन्धनको विषयमा चितवन कांग्रेसले भनेर केहि नहुने उनले बताए ।

‘गठबन्धन त भइरहेकै छ नि । अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र संघिय चुनावसम्म पनि रहन्छ’, उनले भने । चितवनमा कांग्रेसले एक्लै लड्ने भनेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘चितवन कांग्रेसले भनेर केही हुँदैन ।’ 

प्रचण्डको निर्वाचन क्षेत्र माडीका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुन प्रचण्ड आज चितवन आएका हुन् । प्रचण्ड भोलि मात्रै काठमाडौँ फर्कने छन् । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);