महत्वकांक्षी नारा सहित राजनीतिक दलका उम्मेदवार जनताको घरदैलोमा | ईमाउण्टेन समाचार

Our Network

असोज २६ २०८३, मंगलबार

महत्वकांक्षी नारा सहित राजनीतिक दलका उम्मेदवार जनताको घरदैलोमा

२१ बैशाख, काठमाडौ । बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरुले उम्मेदवारी मनोनयन पत्र दर्ता गराएसंगै निर्वाचनको माहोल बढेको देखिन्छ । पहिलो चरणमा निर्वाचन हुने ३, ४ र ६ नम्बर प्रदेशका स्थानीय तहमा यतिवेला राजनीतिक दलहरुको निर्वाचन प्रचारप्रसारमा व्यस्तता बढेको देखिन्छ ।

महत्वकांक्षी नारा सहित राजनीतिक दलका उम्मेदवार जनताको घरदैलोमा

२१ बैशाख, काठमाडौ । बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरुले उम्मेदवारी मनोनयन पत्र दर्ता गराएसंगै निर्वाचनको माहोल बढेको देखिन्छ । पहिलो चरणमा निर्वाचन हुने ३, ४ र ६ नम्बर प्रदेशका स्थानीय तहमा यतिवेला राजनीतिक दलहरुको निर्वाचन प्रचारप्रसारमा व्यस्तता बढेको देखिन्छ । २० बर्ष पछि हुन लागेको पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि यतिवेला राजनितिक दलहरु जनताको घरदैलोमा पुगेर आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिरहेका देखिन्छन् ।

निर्वाचनका लागि राजनीतिक दलहरुले आफ्ना पक्षमा जनमत बटुल्न लोकप्रिय नारा तथा  घोषणापत्र पनी सार्वजनिक गरिसकेका छन् । लामो समय स्थानीय तह जनप्रतिनिध विहिन बनेको अवस्थामा यस निर्वाचनले जनता तथा राजनितिक दलहरुलाई उत्साहि बनाएको देखिन्छ्  । पहिलो चरणको निर्वाचन हुने ३४ जिल्ला २ सय ८३ वटा स्थानीय तहहरुमा पुगेर राजनितिक दलहरुले प्रचारप्रसारलाई तीव्रता दिईरहेका छन् ।

निर्वाचनमाआफ्नो मताधिकार प्रयोग गरि जनप्रतिनिधि चयन गर्न पाउने भएका कारण सर्वसाधरणहरु भने उत्साहित देखिन्छन् । बषौँ सम्म पनी सर्वसाधरणको घरदैलो नटेकेका राजनितिक दलहरु यतिवेला निर्वाचनको अवसर पारेर जनताको ढोका ढकढक्याउन पुगको देखिन्छ । लामो समयसम्म जनताका समस्यालाइ बेवास्था गर्दै आएका नेताहरुमध्ये जनताले कसलाई बिश्वास गर्ने हुन निर्वाचनको परिणामले देखाउनेछ ।

Leave a Reply

ताजा समाचार