२१ बैशाख, काठमाडौ । नेकपा एमालेका नेता माधवकुमार नेपालले सरकारकै कारण निर्वाचनका बिषयमा जनताले आशंका गरेको बताउनुभएको छ ।
बिहिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा काठमाण्डौले आयोजना गरेको कार्यक्रममा नेता नेपालले सरकार एकलौटी ढंगले अघि बढेको र प्रतिपक्षीलाई बिश्वासमा लिन नसकेका कारण निर्वाचनमा जनताको आशंका बढेको बताउनुभयो । उहाँले यस पटकको स्थानीय निर्वाचनमा मधेशी मोर्चाका एक घटकले भाग लिएको भन्दै यसले सकारात्मक सन्देश दिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा काठमाडौंका पुराना पदाधिकारीलाई विदाई र नयाँ पदाधिकारीलाई स्वागत गरिएको थियो ।




