नेपालका लागि दुबै छिमेकी मुलुक समान: वरिष्ठ नेता खनाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

भक्तपुर, ७ असोज ।  नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालको कोही पनि ठूल्दाई नभएको बताउनुभएको छ ।

भक्तपुर आइतबार आयोजित कार्यक्रममा नेता खनालले नेपालको विश्वका सबै देशसँग समानता रहेको भन्दै नेपालका लागि दुबै छिमेकी मुलुक चीन र भारत समान रहेको बताउनुभयो ।

नेपालमा संविधानसभाले संविधान निर्माण गरी कार्यान्वयन गर्न स्थानीय तहको निर्वाचनसमेत सम्पन्न भइसकेको भन्दै नेता खनालले नेपाली जनताले देशलाई अग्रगामी दिशातर्फ अगाडि बढाउने जिम्मेवारी एमालेको काँधमा सुम्पिएको दाबी गर्नुभयो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका प्रमुख चिरञ्जीवी खनाल, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीलाई सम्मान गरिएको थियो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);