नेपाल-भारतले एक अर्कालाई समान व्यवहार गर्नुपर्छ : अध्यक्ष दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

नेपाल-भारतले एक अर्कालाई समान व्यवहार गर्नुपर्छ : अध्यक्ष दाहाल

prachanda

काठमाडौं, १५ साउन । नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपाल र भारत दुबै देशले एक अर्कालाइ समान दृष्टिले व्यवहार गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल भारत थिन्कट्याड्क समिटलाई मंगलबार राजधानीमा सम्वोधन गर्दै अध्यक्ष दाहालले भौगोलिक र आकारले ठूलासाना भए पनि आ आफनै देशको स्वभीमानी हुने भन्दै नेपाल भारत दुबै देशले सम्मान गर्नुपर्ने बताए । सामाजिक र सांस्कृतीक दृष्टिले दुवै राष्ट्र नजिक भएको भन्दै वेलावेलामा हुनेगरेको उच्चस्तरीय राजनीतिक भेटवार्ताले दुवै देशको सम्झौताहरु व्यवहारिक रुपमा कार्यान्वय गर्नको लागि वाटो प्रसस्त हुने उल्लेख गरे ।

उद्योगमन्त्री मातृका प्रसाद यादवले दुवै देशको सम्वन्ध वेलावेलामा तलमाथि हुनेगरेपनि मिल्नुको विकल्प नभएको बताए । वढि शक्तिशालि राष्टले कम शक्तिशाली राष्टलाई वढि सहयोग गर्नुपर्नेमा उनको जोड थियो । यादवले निहित स्वार्थलाई मात्र नहेरी दुवै राष्ट्रको सरकारले एक आपसको हितलाई ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा भारतीय जनता पार्टीका नेता श्रीराम माधवले भारत सरकार नेपालको विकासको लक्षलाई पुरा गर्न तत्पर रहेको बताए । उनले यातायात क्षेत्रमा सडक र रेलमार्गको विस्तारपछि नेपालसंगको व्यापारिक सम्वन्धलाई अझ उचाईमा पुयाउने विश्वास व्यक्त गरे ।

यसैगरि नेपालका लागि भारतीय राजदुत मन्जिव सिंह पुरीले नेपालसंगको सम्वन्ध ऐतिहासिक दृष्टिले गहिरो भएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);