गौरीफन्टा नाकामा भारतको ६९औं गणतन्त्र दिवस सामुहिक रुपमा मनाईयाे | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

गौरीफन्टा नाकामा भारतको ६९औं गणतन्त्र दिवस सामुहिक रुपमा मनाईयाे

श्रवण देउवा
कैलाली, १२ माघ । नेपाल भारत सिमाना गौरीफन्टा नाकामा शनिवार भारतको ६९औं गणतन्त्र दिवस सामुहिक रुपमा मनाईएको छ । कार्यक्रममा नेपाल तथा भारतका सरकारी अधिकारीहरुले दुवै देश र जनताबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने धारणा समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा बाणिज्य संघ, कैलालीका अध्यक्ष पुष्प कुँवरले दुवै देशको सम्बन्ध वढाउन यो कार्यक्रम महत्वपूर्ण भएको बताए । यसरी एक देशले अर्का देशको राष्ट्रिय गणतन्त्र दिवस मनाउँदा दुवै देशका नागरिकमा एक किसिमको उत्साह थपिएको थियो । यो उत्साहलाई सवै तिर फैलाई भाइचाराको सम्बन्धको सन्देश फैलाउनुपर्ने कार्यक्रममा भारतका व्यवसायीको भनाई थियो ।

कैलालीकोे गौरफन्टा नाकामा वारम्वार नेपाली नागरिकले विभिन्न किसिमका सास्ती पाउने गरेका छन् । तर, अगामी दिनमा यस्तो समस्या नदोरिने एसएसबी ३९ बाहिनी भारतका बटालियन कमान्डर मुन्ना सिंहले बताए । नेपालको भारत प्रति आर्थिक विषयमा हेर्ने दुष्टिकोण नकारात्मक भईरहेका वेला यो दिवस महत्वपूर्ण भएको सहभागीहरुको भनाई रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);