विकृति अन्त्य हुनेगरी सामाजिक संस्थाको स्थापना गर्नुपर्नेमा नेता नेपालको जोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

विकृति अन्त्य हुनेगरी सामाजिक संस्थाको स्थापना गर्नुपर्नेमा नेता नेपालको जोड

madhav nepal-bikriti antya

काठमाडौं, १२ असोज । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले समाजमा विद्यमान विकृतिको अन्त्य हुनेगरी सामाजिक संघ, संस्थाले काम गर्नुपर्नेमा जोड दिनु भएको छ ।

आइतबार दलित पत्रकार संघले राजधानीमा गरेको एक कार्यक्रममा नेता नेपालले नेपालमा अझै पनि महिला हिंसा, बाल विवाह, जातीय छुवाछुतजस्ता सामाजिक विकृति र विसंगति कायमै रहेको भन्दै त्यसको अन्त्यका लागि सामाजिक संस्थाहरुको स्थापना गरी अघि बढनुपर्नेमा जोड दिनु भयो । उहाँले जातीय छुवाछुत तथा सामाजिक विकृतिको अन्त्य गर्ने कुनै पनि अभियानमा आफ्नो पार्टीको सदा साथ रहने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले समाजमा पीछडिएका क्षेत्रको उत्थानका लागि नेपाल पत्रकार महासंघले पनि सरकारलाई दवाव दिने प्रतिवद्धता जनाउनुभयो ।

अध्यक्ष आचार्यले समाजको सबै क्षेत्रमा हुने विभेद अन्त्यका लागि नेपालका संचार क्षेत्रले उल्लेख्य योगदान पु¥याउँदै आएको पनि बताउनुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);