सरकारी मुख्य आयोजनाः प्रधानमन्त्री चाहान्छन्, काम बन्दैन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

सरकारी मुख्य आयोजनाः प्रधानमन्त्री चाहान्छन्, काम बन्दैन

kp oli

काठमाडौं, १३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीबार मन्त्री र सचिवहरुसँग समीक्षात्मक बैठक राखे र सरकारी मुख्य आयोजनाहरुको काम ढिलो भएको तथा समन्वय नभएको भन्दै असन्तुष्टि व्यक्त गरे । बिहीबार यो वर्षको पहिलो समीक्षात्मक बैठक थियो ।

अघिल्लो आर्थिक वर्षका चारवटा समीक्षा बैठकमा पनि प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुसमक्ष यस्तै असन्तुष्टि पोखेका थिए । उनले बोल्ने शब्द केही तलमाथि होलान् तर आशय एउटै छ, ‘भनेअनुसार काम भएन । मन्त्रालयहरुबीच समन्वय पुगेन ।’

डेढ वर्षअघि प्रधानमन्त्री बनेका ओलीले एउटै खालको निर्देशन दिइरहेका छन् । गत बिहीबार पनि उनले मन्त्री र सचिवहरुलाई भने, ‘तपाईंहरु महत्वपूर्ण र गेम चेन्जर विकास परियोजनामा केन्द्रित भएर काम गर्नुस्, फाइल कतै पनि नरोकियोस् ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा बलराम बानियाँ र दुर्गा खनालले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);