रोकिँदै नयाँ नोटः छपाइ र वितरण व्यवस्थापनमा वार्षिक ३ अर्ब खर्च | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

रोकिँदै नयाँ नोटः छपाइ र वितरण व्यवस्थापनमा वार्षिक ३ अर्ब खर्च

naya note

काठमाडौं, १३ असोज । नेपाल राष्ट्र बैंकले तीन वर्षपछि नयाँ नोट वितरण पूर्णरुपमा रोक्ने तयारी गरेको छ । नयाँ नोट वितरण खर्चिलो र चुनौतीपूर्ण बन्दै गएकाले रोक्न लागिएको हो ।

अहिले नयाँ नोट छपाइ र वितरण व्यवस्थापनमा वार्षिक ३ अर्ब रुपैयाँ खर्च हुने गरेको छ ।

राष्ट्र बैंकले यसै वर्षदेखि नोट सटहीमा कटौती सुरु गरेको छ । यसपटक प्रतिव्यक्ति १८ हजार ५ सयको नयाँ नोट सटही सुविधा दिइएको छ । गत वर्षभन्दा यो ८ हजार ५ सय कम हो ।

पछिल्ला वर्ष राष्ट्र बैंकले ‘सफा नोट नीति’ कार्यान्वयनमा ल्याएको छ । यो नीतिलाई पूर्ण रुपमा कार्यान्वयन गरेपछि नयाँ नोट वितरण बन्द गरिने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा यज्ञ बञ्जाडेले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);