घटस्थापनादेखि पूर्णिमासम्म देशैभरका अदालत बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

घटस्थापनादेखि पूर्णिमासम्म देशैभरका अदालत बन्द

SUPREME_COURT

काठमाडौं, १२ असोज । घटस्थापनादेखि पूर्णिमासम्म देशैभरका अदालत बन्द हुने भएका छन । विजयदशमीको अवसरमा घटस्थापनादेखि पूर्णिमासम्म देशैभरका न्यायालय बन्द हुने भएका हुन् ।

यद्यपि न्याय प्रशासन ऐन २०७३ को दफा २६ अनुसार विदामा पनि बन्दी प्रत्यक्षीकरणको रिटमाथि भने सुनुवाई गर्नुपर्ने प्रावधान रहेको छ । जसका कारण यसपटक ७७ वटै जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालत पनि शनिवारबाहेक खुल्ने छन् ।

अदालत खुलेपनि बन्दी प्रत्यक्षीकरणको रिटबाहेक अन्य मुद्दा भने हेरिने छैन । जिल्ला अदालतको हकमा पक्राउका लागि अनुमति दिने काम पनि गर्नेछ । प्रहरीले कुनै व्यक्तिलाई पक्राउ गर्नुअघि अदालतबाट अनुमति लिनुपर्ने भएकाले सबै जिल्ला अदालतहरु पनि निश्चित समयका लागि खुल्ला रहनेछन् ।

सर्वोच्च अदालतले शनिवार र दशैंको टीकाको दिनबाहेक अन्य विदाका दिनमा पनि बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालत खुल्ला राख्ने जनाएको छ ।

सर्वोच्चको निर्णयलाई अनुसरण गर्दै उच्च अदालत र जिल्ला अदालतले पनि शनिवार र विजयदशमीको दिनबाहेक अन्य दिनमा बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालतहरु खुल्ला राख्ने निर्णय गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);