देउवालाई विश्वासको मत दिन सांसदहरुलाई दिल्लीबाट झलनाथको आपिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

देउवालाई विश्वासको मत दिन सांसदहरुलाई दिल्लीबाट झलनाथको आपिल

काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनालले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन अपिल गरेका छन् ।

भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले एक वक्तव्य जारी गर्दै यस्तो अपिल गरेका हुन् । त्यसैलै उनले एमालेका सम्पूर्ण संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनै पनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभई देउवा सरकारलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

नेता खनालले उनले आफ्नो मत पनि देउवा सरकार कै पक्षमा हुने कुरा पनि वक्तव्यमा प्रष्ट पारेका छन् । वक्तव्यमा नेता खनालले हाल आफ्नो स्वास्थ्य सुधारोन्मुख रहेको पनि उल्लेख गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);