जसपा विवाद समाधानका लागि निर्वाचन आयोगको इजलास सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जसपा विवाद समाधानका लागि निर्वाचन आयोगको इजलास सुरु

काठमाडाैं । जनता समाजवादी पार्टी जसपाको आधिकारिकता विवादमा सुनुवाई सुरु भएको छ । जसपाको विवाद निरुपण गर्न निर्वाचन आयोगले गठन गरेको ५ सदस्यीय इजलासमा सुनुवाई सुरु भएको हो ।

जसपा विवाद समाधानका लागि यसअघि आयोगले दुवै पक्षसँग छलफल गरेको थियो । तर, छलफलमा सहमति नजुटेपछि आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिकता निरुपण गर्न इजलासमा सुनुवाइ सुरु गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । पार्टीको आधिकारिकता दाबी गर्न दुवै पक्षका कानुन व्यवसायीले बहस गर्न पाउने छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादव समूह पार्टी र संसदीय दल दुवैतिर बहुमतमा पुगेको छ । अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष भने अल्पमतमा परेको छ । यादव नेतृत्वको समूहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध उभिने निर्णय गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको थियो । ठाकुर पक्षले आफ्ना माग पूरा गर्न ओली सकारात्मक रहेको भन्दै ओलीको नेतृत्वमा सरकार बनाउन समर्थन दिएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);