एमाले स्थायी कमिटी बैठक जारी, नेपाल पक्षका नेता भने अनुपस्थित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एमाले स्थायी कमिटी बैठक जारी, नेपाल पक्षका नेता भने अनुपस्थित

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको आइतबारको बैठकमा पनि माधवकुमार नेपाल पक्ष अनुपस्थित भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा मध्याह्नदेखि सुरु भएको बैठकमा नेपाल पक्षका कोही पनि सहभागी नभएको बताइएको छ ।

पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै आइतबारको बैठकमा नेपाल पक्षका नेतालाई समेत डाकिएको भएपनि नेपाल पक्षका कुनै पनि नेता बैठकमा सहभागी नभएको जानकारी दिएका छन् ।

यसअघि शुक्रबारको बैठकमा पनि नेपाल पक्षको सहभागिता थिएन । उक्त बैठकले पार्टीको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको १० बुँदे सहमतिलाई अनुमोदन गरेको थियो । एमालेले यही साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);