जन भावना अनुसार काम गर्न सरकारलाई सांसदकाे आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

जन भावना अनुसार काम गर्न सरकारलाई सांसदकाे आग्रह

sadan

काठमाडौं, ४ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार हुकुमी शासन संचालन गर्ने दिशातर्फ उन्मुख रहेको आरोप लगाएको छ । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीलाई हुकुमी शैलीमा आदेश दिएको भन्दै आपत्ति जनाए ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले उपत्यकाको सडक व्यवस्थापनको काम तत्काल गर्न पनि सरकारसँग माग गरे । सांसद अधिकारीले मेलम्ची खानेपानीको नाममा काठमाडौं उपत्यकाको सडक अस्तव्यस्त बनाइएको भन्दै तत्काल उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद कविता बोगटीले तत्काल स्थानीय तहमा आवश्यक जनशक्ति व्यवस्थापन गर्न सरकारलाई आग्रह गरिन् । सांसद रामप्रित पासवानले भने प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बेला सिमा अतिक्रमणका विषयमा कुरा नउठाएको भन्दै आपत्ति जनाए ।

सांसद कोमल ओलीले सरकारलाई राष्ट्रिय गौरवको आयोजना छिटो सक्ने गरी बजेटको उचित व्यवस्थापन गर्न माग गरिन् । सांसदहरुले जनताको अपेक्षा र भावनाअनुसार काम गर्न सरकारलाई आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);