एमाले सांसदद्वारा अर्थमन्त्रीको राजीनामा माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमाले सांसदद्वारा अर्थमन्त्रीको राजीनामा माग

yubraj khatiwoda

काठमाडौं, २५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद मेटमणि चौंधरीले अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाउन माग गरेका छन् । प्रधानमन्त्री केपी ओलीसँगको भेटमा उनले सरकारलाई अलोकप्रिय बनाउने काम गरेको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाउन माग गरेका हुन् ।

शुक्रबार प्रधानमन्त्री ओलीले प्रदेश ५ का पार्टीका सांसदहरुसँग सामूहिक भेट गरेका थिए । सोही भेटमा दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद चौंधरीले बजेट सार्वजनिक भएसँगै सरकारप्रति जनताको आकर्षण ह्वात्तै घटेको बताए ।

उनले मिल्ने भए बजेट करेक्सन तत्काल गर्न पनि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन् । उनले गरिव समूदायको चाहनालाई सम्बोधन गर्न पनि प्रधानमन्त्री ओलीसँग आफूले आग्रह गरेको बताए ।

यता, प्रधानमन्त्री ओलीले भने नेपाली जनताको भावना अनुसार काम गर्न सरकार प्रतिवद्ध रहेको बताए । उनले काँग्रेस नेतृत्वको अघिल्लो सरकारले मुलुकको अर्थतन्त्र धराशायी बनाएकाले यस वर्षको बजेटमा वृद्ध भत्तालगायतका सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न नसकिएको स्पष्ट पारे ।

प्रधानमन्त्री ओली जनताको भावना, चाहना र आवश्यक्ता अनुसार काम गर्न प्रतिवद्ध रहेको भेटमा सहभागी सांसद सोमप्रसाद पाण्डेले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);