सहमति कार्यान्वयन नभए जटिल स्थिति सिर्जना हुनसक्छ विप्लव | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८३, शनिबार

सहमति कार्यान्वयन नभए जटिल स्थिति सिर्जना हुनसक्छ विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकार सँग सम्झौता भएका तिन बुँदै सहमति कार्यान्वयन नभए जटिल स्थिति सिर्जना हुनसक्ने बताएका छन् ।

प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डमार्फत विप्लवले देउवालाई पठाएको ज्ञापनपत्रमा तीन बुँदे सहमति कार्यन्वयन गर्न जोडदार माग गरेका छन् । उनले ज्ञापनपत्रमा पटक पटक ध्यानाकार्षण गर्दा समेत गत फागुन २१ गते तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग भएको तिन बुँदे सहमति पत्र सरकारले कार्यान्वयन गर्न कुनै चासो नदेखाएको भन्दै जटिल स्थिति सिर्जना हुुन सक्ने बताएका हुन् ।
उनले विशेष कार्यदल बनाएर समस्याको समाधान गर्न समेत आग्रह गरेका छन् ।

Leave a Reply