राज्यपक्षले ३ बुँदे सहमतिलाई कार्यान्वयन नगरेको बिप्लब समुहको गुनासो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

राज्यपक्षले ३ बुँदे सहमतिलाई कार्यान्वयन नगरेको बिप्लब समुहको गुनासो

काठमाडौँ । नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले राज्यपक्षले ३ बुँदे सहमतिलाई इमान्दारीपुर्वक कार्यान्वयन नगरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति काठमाण्डौले आईतबार संघीय राजधानी काठमाण्डौमा गरेको रक्तदान कार्यक्रममा संञ्चारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै उनले राज्य आफुले गरेको सहमति प्रति उत्तरदायी नभएको बताएका हुन् ।

गत फागुन २१ गते सरकारसंग भएको ३ बुँदे सहमति प्रति आफ्नो पार्टी इमान्दार रही कार्यान्वयनको दिशामा गईरहेको भए पनि राज्यले आफ्नो भूमिकालाई इमान्दारीतापुर्वक कार्यान्वयन नगरेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

उनले सहमति कार्यान्वयनमा सरकारले तदारुकता नदेखाउँदा पार्टी, कार्यकर्ता र नागरिक दुखी भएको भन्दै ३ बुँदे सहमति अनुसार जेलमा रहेका आफ्ना कार्यकर्ता रिहाई गर्ने काममा पनि ढिलासुस्ति भएको गुनासो गरेका छन् ।उनले भने, “राष्ट्रिय राजनीतिमा निरासा छाएको छ । राजनीतिक पार्टीप्रति, सरकारप्रति राजनितिक व्यवस्थाप्रति अहिले नागरिहरु सन्तुष्ठ छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);