जम्मू कश्मीरको स्थानीय नगर निकाय चुनावमा आतंकवादी आक्रमणको संभावना | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

जम्मू कश्मीरको स्थानीय नगर निकाय चुनावमा आतंकवादी आक्रमणको संभावना

election jammu kashmir

एजेन्सी , २१ असोज । भारतको जम्मू कश्मीरमा भोलिदेखि स्थानीय नगर निकायको चुनाव हुदैछ । चार चरणमा हुने सो चुनावका लागि २६ सय भन्दा बढी चुनावी मैदानमा छन् । चुनावकै अवसरमा सीमा पारीबाट आतंक मच्चाउन करिब ३ सय आतंकारी तयारी अवस्थामा रहेको भन्दै त्यसलाई निस्तेज पार्न भारतीय सुरक्षाकर्मीले सीमामा कडाई गरेको जनाएको छ ।

आतंकाबादी क्रियाकलापका लागि चर्चित भारतको जम्मु र कश्मीरमा स्थानीय चुनावका बेला ३ सय आतंकवादीहरु सिमा पारीबाट प्रवेश गर्न सक्ने सुचनाको आधारमा जम्मु र कश्मीरका सुरक्षाकर्मीहरु उच्च सुरक्षा सतर्कताको अवस्थामा रहेको जनाईएको छ । जम्मु र कश्मीरमा बेलाबखत घुसपैठ गरी आतंक मच्चाउँदै आएका लस्कर ए तोयबा र पाकिस्तानी तालिवानीका कारण सुरक्षा थ्रेट बढ्दै गएको बताइएको छ ।

सोमबार हुने स्थानीय नगर निकायको चुनावमा आतंकवादीहरुले कुनै गडबडी नगरोस भनी व्यापक मात्रामा सुरक्षाकर्मीहरु परिचालन गरिएको जनाइएको छ । यसका लागि चेकजाचमा कडाई गरिएको छ । चुनावमा गडबडी गर्ने आतंकवादी धम्कीका कारण सिमामा अहिले कडाई गरिएको जनाइएको छ ।

जम्मु कश्मीरमा ८ अक्टोबरबाट चार चरणमा हुने चुनावका लागि ३ हजार ३ सय ७२ उम्मेदवारले नाम दर्ता गराएका छन् । जसमध्ये १ सय ९२ उम्मेदवारहरु निर्विरोध चुनिएकाछन् । अब २ हजार ६ सय ८८ उम्मेदवारहरु चुनावी मैदानमा रहेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा ८ करोड १६ लाख ९७ हजार २ सय ९१ मतदाताले मताधिकारको प्रयोग गर्ने अवसर प्र्राप्त गर्नेछन् । यो चुनावमा सत्तारुढ भारतीय जनता पार्टी र कांग्रेस पार्टीबीच सिधा टक्कर हुने पर्यवेक्षकहरुले जनाएकाछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);