जम्मू–कश्मीरमा आतंकवादी हमला, छ सैनिकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

जम्मू–कश्मीरमा आतंकवादी हमला, छ सैनिकको मृत्यु

एजेन्सी, ८ वैशाख । जम्मु कश्मीरको पुन्चमा भएको आतंकवादी हमलामा राष्ट्रिय राइफल्सको एक युनिटका पाँच जवान शहीद भएका छन् । यस्तै, गम्भीर घाइते एक जवानको राजौरी आर्मी अस्पतालमा उपचार भइरहेको छ । भारी वर्षाका कारण भिजिबिलिटी कम भएको सेनाले जनाएको छ, जसको फाइदा उठाउँदै आतंककारीले फायरिङ गरेका छन् । यी जवानहरूलाई काउन्टर आतंकवादी अभियानका लागि तैनाथ गरिएको भारतीय सञ्चारमाध्यम भाष्करले जनाएको छ ।

सेनाले आतंककारीले ग्रेनेड प्रहार गरेको आशंका व्यक्त गरेको छ । जसका कारण ट्रकमा आगो लागेको र जवानहरु आगोमा जलेका छन् । सेना प्रमुख जनरल मनोज पाण्डेले रक्षामन्त्री राजनाथ सिंहलाई यस आक्रमणको जानकारी दिएका छन् । राजनाथ सिंहले सैनिकको मृत्युप्रति दुःख व्यक्त गरेका छन् । सेनाले आतंककारीलाई पक्रन खोजी अभियान जारी रहेको जनाएको छ ।

२००२ को गुजरात दङ्गामा नरोडा घटनाका सबै ६७ आरोपीहरूलाई अहमदाबादको सत्र अदालतले सफाइ दिएको छ । २१ वर्षपछि आएको फैसलामा अदालतले अभियुक्तको अपराध प्रमाणित गर्ने पर्याप्त प्रमाण फेला पार्न सकेन । यता, पीडित पक्षले निर्णयविरुद्ध उच्च अदालत जाने बताएको छ । २८ फेब्रुअरी २००२ मा अहमदाबाद शहर नजिकैको नरोडा गाउँमा भएको साम्प्रदायिक हिंसामा ११ जनाको मृत्यु भएको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);