यमनका हुथी बिद्रोहीद्वारा लाल सागरमा व्यापारिक ढुवानीमा आक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

यमनका हुथी बिद्रोहीद्वारा लाल सागरमा व्यापारिक ढुवानीमा आक्रमण

काठमाडौं,२ पुस । यमनको हुथी सशस्त्र समूहले सोमवार अडेनको खाडीमा अमेरिकी जहाजमा भएको आक्रमणको जिम्मेवारी लिएको छ । हुथी सेनाका प्रवक्ता याह्या सारियाले हुथीद्वारा सञ्चालित अल–मासिराह अडेनको खाडीमा अमेरिकी जहाजमा भएको आक्रमणको जिम्मेवारी हुथी सशस्त्र समूहले लिएको बताएनु भयो । हुथी समूहले अब देश विरुद्धको आक्रामकतामा भाग लिने सबै अमेरिकी र बेलायती जहाजहरू र युद्धपोतहरूलाई शत्रुतापूर्ण लक्ष्यको रूपमा लिने चेतावनी दिनुभयो ।

यसैबीच, समूहका प्रमुख वार्ताकार मोहम्मद अब्दुल सलामले इजरायल जाने जहाजहरूमा समूहको आक्रमण जारी रहने बताउनु भयो । उहाँले हुथीहरूले आफ्नो स्थिति स्पष्ट गर्न अन्तर्राष्ट्रिय समुदायसँग कुराकानी गरिरहेको बताउनु भये । इजरायल जाने बाहेक सबै जहाजहरूका लागि नेभिगेसन सुरक्षित रहेको बताउनु भयो । आफ्नो समूहले थप द्वन्द्व नखोजेको र अमेरिका बेलायतले लाल सागरलाई अझ खतरनाक बनाएको आरोप लगाउनु भयो । एक यमनी सरकारी अधिकारीले नाम नछाप्ने शर्तमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले हुथीहरूले प्रहार गरेका क्षेप्यास्त्रहरू पनि पत्ता लगाएको र तिनीहरूमध्ये केहीले आफ्नो लक्ष्य गुमाएर दक्षिणी यमनका पहाडहरूमा खसेको बताउनु भयो ।

असफल प्रक्षेपणले त्यहाँका बासिन्दाहरूलाई आतंकित बनाएको भएपनि कसैलाई चोटपटक नलागेको बताउनु भयो । होडेडाहमा भएको बम विष्फोटको सम्बन्धमा अहिलेसम्म कुनै पनि पक्षबाट जिम्मेवारी वा पुष्टि भएको छैन । बढ्दो हिंसाले पहिलेदेखि नै शान्ति प्रयासलाई कमजोर पार्ने खतरा रहेको संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । यमन सन् २०१४ देखि विनाशकारी गृहयुद्धमा फसेको छ । हुथीहरूले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारविरुद्ध लडिरहेका छन् । साउदी अरेबिया नेतृत्वको गठबन्धनले २०१५ मा यमनी सरकारको समर्थनमा द्वन्द्वमा हस्तक्षेप गरेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);