रुसले सुनायो साढे २ सय युक्रेनी युद्धबन्दीलाई आजीवन काराबासको सजाय | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

रुसले सुनायो साढे २ सय युक्रेनी युद्धबन्दीलाई आजीवन काराबासको सजाय

काठमाडौं,२ पुस । रुसले करिब साढे दुई सय युक्रेनी युद्धबन्दीलाई आजीवन काराबास सजाय सुनाएको छ । रुसको सरकारी आउटलेट आरटीले अनुसन्धान समितिको स्रोतलाई उद्धृत गर्दै कब्जा गरिएको युक्रेनमा २४२ सैनिकलाई सजाय सुनाएको बताएको अन्तराष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

क्रेमलिनको आक्रमणको करिब दुई वर्षपछि केहीले आजीवन कारागारको सजाय पाएका हुन्। दुई सयभन्दा बढी युक्रेनी सैन्यकर्मीहरूलाई नागरिकको हत्या र युद्धबन्दीहरूसँग दुर्व्यवहार गरेको आरोपमा लामो कारागार सजाय सुनाइएको रुसको अनुसन्धान समितिका प्रमुख अलेक्जेन्डर बास्ट्रिकिनले सरकारी समाचार आउटलेट आरआइए नोभोस्तीलाई दिएको अन्तरवार्तामा यसको पुष्टि गर्नुभएको हो ।

उहाँले उच्चस्तरीय अधिकारीहरू सहित युक्रेनी सैन्य कर्मचारीहरूमाथि मस्कोले मुद्दा चलाउने प्रयासलाई ‘जारी राख्ने बताउनु भयो । धेरै युक्रेनी युद्धबन्दीलाई पूर्वी युक्रेनमा राखिएको छ भने अन्यलाई रुस लगिएको छ। रुससँग रहेका हजारौँ युक्रेनी बन्दीमध्ये धेरैलाई सन् २०२२ मा बन्दरगाह सहर मारिउपोल घेराबन्दीका क्रममा नियन्त्रणमा लिइएको हो । युक्रेन र अन्तर्राष्ट्रिय अधिकार समूहहरूले युद्धबन्दीहरूमाथि मस्कोको परीक्षणहरूलाई अवैध भन्दै निन्दा गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);