ईयूमा आबद्ध देशहरूले ३० दिन सीमा नाका बन्द गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ईयूमा आबद्ध देशहरूले ३० दिन सीमा नाका बन्द गर्ने

eu

एजेन्सी, ५ चैत । युरोपियन युनियन ईयू आबद्ध देशहरूले ३० दिन सीमा नाका बन्द गर्ने निर्णय गरेका छन् ।

प्राणघातक कोरोनाविरुद्ध जुधिरहेका ईयूका मुलुकहरूले थप सतर्कता अपनाउँदै नाका बन्द गर्ने निर्णय गरेका हुन् । सीमा बन्द गर्ने यो निर्णय आइसल्यान्ड, लिकस्टेन, नर्वे र स्विट्जरल्यान्डसहित ईयू आबद्ध २६ देशले अवलम्बन गर्ने अपेक्षा गरिएको छ । लामो अवधिको बासिन्दा, ईयूका परिवारका सदस्य, कूटनीतिज्ञ, स्वास्थ्यकर्मी र सामान ढुवानी गर्ने मानिसहरूका हकमा भने प्रतिबन्ध लागू नहुने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् ।

कोरोनाविरुद्ध लड्न विभिन्न उपाय अवलम्बन गरेका ईयू सम्बद्ध राष्ट्रहरूले मृत्युदर ह्वात्तै बढेपछि लिएको नाका बन्द गर्ने निर्णयले संक्रमण घट्ने ठानिएको छ । हुबेई प्रान्तको उहान उद्गम भएर फैलिएको कोरोना भाइरसको संक्रमणले चीनपछि युरोपेली देशहरूलाई समातेको छ । युरोप क्षेत्रको इटली, स्पेन र फ्रान्समा यसले महामारीको रूप लिइरहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);