भेनेजुएलाका राष्ट्रपति नेता हुँवा गुइदो स्वदेश फिर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

भेनेजुएलाका राष्ट्रपति नेता हुँवा गुइदो स्वदेश फिर्ता

huwa guido

काठमाडौं, २१ फागुन । भेनेजुएलाका स्वघोषित अन्तरिम राष्ट्रपति तथा विपक्षीदलका नेता हुँवा गुइदो स्वदेश फर्किएका छन् ।

दक्षिण अमेरिकी देशहरुको केही दिनको भ्रमणपछि विपक्षी नेता गुइदो स्वदेश फकिएका हुन् । अदालतले देश छोड्न लगाएको प्रतिबन्धको बेवास्ता गर्दै विदेश पुगेर फर्किएका उनलाई काराकासमा हजारौं समर्थकले स्वागत गरेका छन् । भेनेजुएलाका अधिकारीले पक्राउ गर्न सक्ने सम्भावनाका बीच पनि गुइदो स्वदेश फर्किएका हुन् । सीमामा जम्मा भइरहेको मानवीय सहायता भित्र्याउन भन्दै उनी १० दिनअघि देशबाट बाहिर निस्किएका थिए ।

उनी कोलम्बियामा आयोजित क्षेत्रीय नेता एवम् अमेरिकी उपराष्ट्रपति सहभागी भएको एक बैठकमा समेत सहभागी भएका थिए । काराकासस्थित साइमन बोलिभर अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न अमेरिका र युरोपेली देशका कूटनीतिज्ञहरुसमेत पगेका थिए । सडकमा हजारौं उत्साही समर्थकहरुलाई सम्बोधन गर्दै गुइदोले भेनेजुएलाका जनताले तर्सिनुपर्ने अवस्था अब नरहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);