अफगानिस्तानको राजधानी काबुलस्थित एक ट्युसन सेन्टरमा आत्मघाती बम आक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

अफगानिस्तानको राजधानी काबुलस्थित एक ट्युसन सेन्टरमा आत्मघाती बम आक्रमण

kabul sucied

एजेन्सी, ३१ साउन । अफगानिस्तानको राजधानी काबुलस्थित एक ट्युसन सेन्टरमा आत्मघाती बम आक्रमण हुँदा कम्तिमा ४८ जनाको मृत्यु भएको छ भने ६७ जना घाइते भएका छन् ।

अफगानी प्रहरीले सिया मुस्लिमको बाहुल्य रहेको काबुलको ट्युसन सेन्टरमा पढाइ चलिरहेका बेला आत्मघाती प्रवेश गरेर विस्फोट गराएको जनाएको छ । विस्फोटमा परी ज्यान गुमाउनेमा अधिकांश किशोर–किशोरीहरु छन् । उनीहरु विश्वविद्यालयको प्रवेश परीक्षाको तयारी कक्षा लिइरहेका थिए । दुर्घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएका छैनन् । तालिवानले घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ ।

त्यसैगरी, पूर्वी बागलन प्रान्तमा भएको अर्को छुट्टै आक्रमणमा कम्तीमा ४४ जना सुरक्षाकर्मीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले ९ प्रहरी र ३५ सेना मारिएको उल्लेख गरेको छ ।

अफगानिस्तानको सिया समुदाय पटकपटक सुन्नी मुस्लिमहरुको आतंकवादी समूह स्लामिक स्टेटको निशानामा पर्दै आएका छन् । सिया समुदायले स्वधर्म नष्ट गरेको आक्रोशमा उनीहरूले कैयनको ज्यान लिइसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);