अमेरिकाका सदनद्वारा संघीय निकायहरू सञ्चालनका लागि खर्च उपलब्ध गराउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अमेरिकाका सदनद्वारा संघीय निकायहरू सञ्चालनका लागि खर्च उपलब्ध गराउने

donald trump

काठमाडौं, ९ माघ । अमेरिकाका दुवै सदनले संघीय निकायहरू सञ्चालनका लागि अस्थायी रूपमा खर्च उपलब्ध गराउने सम्बन्धी विधेयक पारित गरेका छन् । दुवै सदनले स्थायी रूपमा खर्च उपलब्ध गराउने सम्बन्धी विधेयक बहुमतले पारित गरेका हुन् । विधेयकको पक्षमा ८१ मत र विपक्षमा १८ मत खसेको थियो । विधेयक पारित भएसँगै संघीय सरकार सञ्चालनका लागि साढे दुई हप्तासम्म रकम उपलब्ध गराउने ढोका खुलेको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पले पारित विधेयकमा हस्ताक्षर गरेपछि ८ फेब्रुअरीसम्म संघीय सरकारले आर्थिक अभाव विना नै कामकाज चलाउन सक्छ । रिपब्लिकन र डेमोक्र्याटहरुले अस्थायी रुपमा रकम उपलब्ध गराउने विधेयक पारित गरेपछि बन्द रहेका सरकारी कार्यालय खुल्ने अपेक्षा गरिएको छ । विधेयक पारित भएसँगै संघीय कार्यालयहरूमा कार्यरत बेतलबी बिदा बसेका हजारौं कर्मचारीले उक्त राहतको सास फेरेका छन् ।

विधेयक पारित भएपछि राष्ट्रपति ट्रम्पले डेमोक्र्याट्सहरू डेमोक्र्याटहरु होसमा आएको प्रतिक्रिया दिएका छन । डेमोक्र्याटहरुले भने संघीय निकायलाई बजेट उपलब्ध गराउने विधेयकमा शर्तसहित सहमति जनाएका हुन् । उनीहरूले आप्रवासनसम्बन्धी समस्यालाई रिपब्लिकनहरूले सम्बोधन गर्ने शर्तमा यो विधेयकमा सहमति जनाएको बताएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);